Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता


  • 1.9K
    Shares

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता
    images

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् । 

    सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो ।

    जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।  भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले द्विपक्षीय सम्बन्धमा विविध विषयमा पनि कुरा भएको बताए । 

    त्यस क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरे । त्यसैगरी बेलायतसँग नेपालको सिँधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरूको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
     
    भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा संचालनका लागि पहल गरिदिन पनिसांसद शर्माको ध्यानाकर्षण गराएका थिए । सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १४:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij