Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

चिकित्सा शिक्षा आयोगद्धारा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन

चिकित्सा शिक्षा आयोगद्धारा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन


  • 2.1K
    Shares

    चिकित्सा शिक्षा आयोगद्धारा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन
    images

    चिकित्सा शिक्षा आयोग, परिक्षा निर्देशनालय, सानोठिमी भक्तपुरले चिकित्सा शिक्षा स्नातक तह को विभिन्न खण्डको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगले मिति २०७९ फागुन २७ गते लिएको चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतको बिएएमस, बिएनस/बिएमएस, बिएस्सी, एमएटि, बिएस्सी एमआईटी, बि फर्मा, बि ओप्टोमेट्री र बिपिटी शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    प्रवेश परीक्षाको नतिजा आयोगको वेबसाइट र वेबपोर्टल बाट हेर्न सकिनेछ त्यस्तै परीक्षार्थीले आफ्नो प्रोफाईलमा लगइन गरेर समेत आफ्नो नतिजा हेर्न र स्कोरकार्ड डाउनलोड गर्न सक्ने व्यवस्था भएकाले अनिवार्य रूपमा स्कोकार्ड डाउनलोड गरि सुरक्षितसाथ राख्नुपर्ने छ ।

    प्रवेश परिक्षाको उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरु रद्द गरिएको समेत आयोगको सूचनामा उल्लेख छ ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

     

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १४:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij