Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


  • 24.7K
    Shares

    भोलि सार्वजनिक बिदा
    images

    काठमाडौं । भोलि (चैत ७ गते) घोडेजात्रा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  चैत्र ७ गते मंगलबार घोडेजात्रा परेकोले सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो । यो विदा राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो ।

    प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

    सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लै रहने विभागले जानकारी दिएको छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । 

    विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १२:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij