Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मंगलबार तपाईंका लागि वैभवपूर्ण दिन हुनसक्छ, के गर्ने त ?

मंगलबार तपाईंका लागि वैभवपूर्ण दिन हुनसक्छ, के गर्ने त ?


  • 8.0K
    Shares

    मंगलबार तपाईंका लागि वैभवपूर्ण दिन हुनसक्छ, के गर्ने त ?
    images

    मंगलबार व्रत बसेर पूजा आराधाना गर्दा धन सम्पन्न हुन्छ भन्ने मान्यता छ । त्यसो भए धन प्राप्तीका लागि मंगलबार के गर्ने त ?

    धर्मशास्त्र अनुसार, तपाईंले मंगलबारको दिन हनुमानको पुजा आराधना गर्नुभयो भने तपाईंलाई आर्थिक लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ ।

    जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ ।

    मंगलबारको दिन एउटा धागोको बीचमा कागती राखेर एकातर्फ ४ वटा खुर्सानी र अर्को तर्फ ३ ओटा खुर्सानी राखेर व्यवसायिक स्थलमा राख्दा व्यवसाय फस्टाउने र व्यवसाय नाफामा जाने विश्वास गरिन्छ ।

    भूतप्रेतबाट मुक्तिको लागि पनि आजको दिन शुभ मानिन्छ । एउटा रातो सफा कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाएर प्रेत आत्माले ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर कुनै सुनसान ठाउँमा राख्दा प्रेतआत्मा हट्ने धार्मिक विश्वास छ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - ०५:१६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij