बिहान ११ः ३०बजे देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
विराटनगर, दुहबी, इटहरी, धरान, इनरुवा, सुन्दरहरैँचा लगायतका पालिकाका दमकलहरूले निरन्तर आगो निभाउने प्रयास गरिरहेका छन् । ट्याङ्कीमा लागेको आगो केही कम हुन सकेको छैन ।
तेल ट्याङ्की भएका कारण आगो निभाउन समस्या भइरहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाइँले जानकारी दिए । उद्योगका २ वटा ट्याङ्की मध्ये १ वटा ट्याङ्कीमा मात्र आगो लागेको छ ।
आगो लागेको ट्याङ्की केही पर रहेका कारण उद्योगका अन्य ट्याङ्की र मेसिनमा आगो सर्न नपाएको चौलागाइँले जानकारी दिए । आगो अन्य पूर्वाधारमा सल्किन नदिने प्रयास भइरहेको उनले बताए ।