२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौँ । जेनजीका अभियन्ता मिराज ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको बताएका हुन् ।
ढुङ्गनाले लेखेका छन्, ‘हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?’
यद्यपि उनले कोबाट आक्रमण भएको भन्ने विषयमा केही उल्लेख भने गरेका छैनन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij