Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

तनावग्रस्त बन्यो विराटनगर: चारजना पक्राउ, किन भयो हवाइ फायर ?

तनावग्रस्त बन्यो विराटनगर: चारजना पक्राउ, किन भयो हवाइ फायर ?


  • 2.1K
    Shares

    तनावग्रस्त बन्यो विराटनगर: चारजना पक्राउ, किन भयो हवाइ फायर ?
    images

    प्रदेश १ को नामकरणलाई लिएर विराटनगर तनावग्रस्त बनेको छ । भूगोलका आधारमा प्रदेशको नाम राखेर पहिचान नामेट गरिएको भन्दै प्रदर्शनकारीहरु आइतबार प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रदर्शनकारीहरुले प्रदेशको नाम सच्याइनुपर्ने माग राख्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरेको छ ।

    प्रदर्शनकारी पक्राउसँगै भीड नियन्त्रण गर्न असमर्थ भएको प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।

    प्रदेशसभाले गत फागुन १७ गते विरोधका बीच बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । बाहिर निषेधाज्ञा नै जारी गरेर प्रदेशको नाम कोशी पारित भएपछि त्यसयता पहिचानवादीहरुले निरन्तर रुपमा आन्दोलन जारी राखेका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १६:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij