Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गैंडाकोटमा मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने

गैंडाकोटमा मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने


  • 2.2K
    Shares

    गैंडाकोटमा मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने
    images

     चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने मौलाकालिकामा वैशाख १ गतेबाट केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको छ ।

    गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जान आउनका लागि केवलकार निर्माणको अन्तिम चरणमा छ । झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केवलकार बनिरहेको छ ।

    अहिले टावरहरुको काम सकेर लठ्ठा तान्ने काम हुँदै गरेको अध्यक्ष ढकालले बताए । उनले केवलकारका गोन्डुला जडानको काम केहीदिनमा नै सुरु गरिने जानकारी दिए । ‘वैशाख १ गतेदेखि केवलकार अप्रेशनमा ल्याउने योजनासहित काम भैरहेको छ’, अध्यक्ष ढकालले भने, ‘वैशाखमा केवलकार चढेर मौलाकालिका दर्शन गर्न पाइन्छ ।’

    चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अष्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको छ ।

    केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर लामो हुनेछ । छ टावर रहनेछन् भने १४ गोन्डोला हुनेछन् । १२ वटामा मानिस र २ वटामा सामान बोक्ने गोन्डोला हुनेछन् । एउटा गोन्डोला एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

    केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केवलकारका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी सालका सहित एक हजार ३८ रूख काटिएको थियो ।

    केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता मौलाकालिका केवलकार प्रालि (आइएमई समूह) र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको कम्पनीको भनाइ छ ।

    केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । केवलकारको माथिल्लो स्टेशनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल पनि बन्दै गरेको छ । प्रालिका अध्यक्ष ढकालका अनुसार होटल सञ्चालन गर्न अझै ५/६ महिना लाग्नेछ । होटलको टपमा हेलिप्याड रहने छ ।

    ४ हजार ५०० जना अट्ने सभाहल, स्वीमिङ्ग पुलसहितको व्यवस्था हुने ढकालले जानकारी दिए । ‘गर्मीको बेलामा गैंडाकोट र चितवनमा निकै समस्या हुन्छ, केवलकार चढेर गर्मी छल्न माथि गएर बसौं भन्दा पनि सहज हुन्छ’, अध्यक्ष ढकालले भने, ‘सेन्ट्रल्ली लोकेटेड र चितवन पर्यटकीय क्षेत्र पनि भएकोले यसको महत्व छ ।’

    केवलकारको तल्लो स्टेशनमा पनि होटल रहनेछ । त्यसको निर्माण करिब करिब सकिएको ढकालले बताए । यहाँ कफी, खाजाखाना खाने ठाँउ, कोल्ड स्टोरहरू रहने उनले जानकारी दिए । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १२:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij