Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

अस्कलमा अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले गरे तालाबन्दी, निर्वाचन अधिकृतले दिए राजीनामा

अस्कलमा अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले गरे तालाबन्दी, निर्वाचन अधिकृतले दिए राजीनामा


  • 2.3K
    Shares

    अस्कलमा अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले  गरे तालाबन्दी, निर्वाचन अधिकृतले दिए राजीनामा
    images

    अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । क्याम्पसमा निर्वाचन गराउन सकिने वातावरण नभएको भन्दै निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले राजीनामा दिएका हुन् । 

    निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचन समितिको बैठक बसिरहेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बसेको हो ।

    अस्कलमा अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन्। फर्जी विद्यार्थी भर्ना गराएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । 

    मुद्दा चलिरहेको व्यक्तिलाई स्ववियु उम्मेदवार बनाएको भन्दै अखिल क्रान्तिकारी लगायतले क्याम्पसमा तालाबन्दी गरेका हुन् । 

    अमृतमा अनेरास्ववियुको तर्फबाट ३ जनाले बागी उम्मेदवारी दिएका छन् । आन्तरिक विवाद साम्य पार्न नसकेपछि अखिलले निहुँ खोजेको अनेरास्ववियुको आरोप छ। 

    अनेरास्ववियुले सभापतिको उम्मेदवार कमल जोशीलाई बनाएको छ । क्रान्तिकारीले उनको उम्मेदवारीमाथि प्रश्न उठाउँदै आएपछि निर्वाचन समितिले छानबिन गरेको थियो । छानबिनपछि उनको उम्मेदवारी कायम गरेको थियो । तर क्रान्तिकारीले उनको उम्मेदवारीलाई मुख्य विषय बनाउँदै आएको छ।

    अनेरास्ववियुले निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ। अनेरास्ववियुका अस्कल अध्यक्ष रुद्रहरी पोखरेलले एक विज्ञप्ती जारी गरेर तत्काल तालाबन्दी खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। 

    a

    Nobel Medical college
     

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १४:४८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij