Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन

विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन


  • 323
    Shares

    विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन
    images

    काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ ।

    मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो। यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन्।

    यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो।

    अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए पनि बढुवासहित निवृत्तीभरण पाउने भएका हुन् ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १३:५१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij