Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

काठमाडौँको वायु प्रदूषण आजको वर्षापछि घट्दै जाने

काठमाडौँको वायु प्रदूषण आजको वर्षापछि घट्दै जाने


  • 1.6K
    Shares

    काठमाडौँको वायु प्रदूषण आजको वर्षापछि घट्दै जाने
    images

    काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर बनेको छ । वायु प्रदूषण सूचकाङ्क (एक्यूआई)ले देखाएको अपडेटअनुसार काठमाडौँका मुख्य चहलपहल हुने स्थानको वायुमा प्रदूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।

    आईक्यू एयरका अनुसार सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रको वायु प्रदूषणको मात्रा १७६ यूएस एक्यूआई छ । त्यस्तै, अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले १६१ यूएस आईक्यू देखाएको छ भने कालीमाटी, कीर्तिपुर, बालकोटलगायतको क्षेत्रको प्रदूषणको मात्रा १५० भन्दा बढी देखिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

    एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ । 

    आईक्यू एयरले आगामी शनिबारदेखि भने प्रदूषणको मात्रा घटेर जाने र सोमबार एकसय यू्एस आईक्यूभन्दा तल रहने पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाले वाग्मती प्रदेशका विभिन्न जिल्लामा आजदेखि हल्का वर्षा हुने जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १४:४५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij