Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एकै दिन ९२.४२ अंकको वृद्धि, १० अर्बभन्दा बढीको कारोबार

एकै दिन ९२.४२ अंकको वृद्धि, १० अर्बभन्दा बढीको कारोबार


  • 7.4K
    Shares

    एकै दिन ९२.४२ अंकको वृद्धि, १० अर्बभन्दा बढीको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आइतबार ३३.३३ अंकले घटेको शेयर बजार आज कारोबार शुरु भएदेखि नै उछाल आएको हो ।  
      
    नेप्सेका अनुसार आज ९२.४२ अंकले नेप्से बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर दुई हजार पाँच सय ८५ दशमलब १५ विन्दुमा पुगेको थियो ।   

    त्यस्तै, नेप्सेमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ भने आज कारोबार भएका सबै समूहहरुमा हरियाली छाएको छ । आज कारोबार भएका ४२ भन्दा बढी कम्पनीको शेयर मूल्य सर्बाधिक बढेका छन् । 

    आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ । 

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १५:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij