Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यूएईविरुद्ध नेपालका भीम सार्कीले पनि बनाए अर्धशतक

यूएईविरुद्ध नेपालका भीम सार्कीले पनि बनाए अर्धशतक


  • 2.1K
    Shares

    • images
    यूएईविरुद्ध नेपालका भीम सार्कीले पनि बनाए अर्धशतक
    images

    आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालका भीम सार्कीले पनि अर्धशतक बनाएका छन् । 

    यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालका लागि भीमले ६० बलमा ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । २९ ओभरको समाप्तिमा नेपालले चार विकेट गुमाएर १७२ रन बनाएको छ । नेपालका भीम सार्की र आरिफ शेख क्रिचमा छन् । 

    यसअघि नेपालका कुशल भुर्तेल ३५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल ५ आउट हुँदा आशिफ शेख खाता नै नखोली पभिलियन फर्किएका थिए । 

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १६:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij