Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य


  • 1.8K
    Shares

    • images
    नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।  यूएईका लागि आसिफ खानले  शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११  छक्काको सहयोगमा १०१ रन बनाए ।

     कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले  १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४  रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए । 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक एक विकेट लिए ।  आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।  यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ ।  लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।  यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १३:३२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij