Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच साझेदारी

इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच साझेदारी


  • 1.6K
    Shares

    इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच साझेदारी
    images

    दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी  भएको छ ।

    इटहरीमा रहेको एन. पी. निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इट्टा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्त्वपूर्ण हुने साम योन सुक लिले बताए ।

    .इन्नोसीएसआरले हालै नेपालका विभिन्न भागहरूमा इट्टा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।

    साम योन सुक लीले ‘कोशी प्रदेशमा (प्रदेश नम्बर १) रहेको एन. पी. निर्माण कम्पनीसँग भएको साझेदारीप्रति खुसी प्रकट गरेका छन् । गुणस्तरीय इट्टा उत्पादन गरी निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनको भनाइ छ । 

    ‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इट्टाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।

    ‘कोशी, बाग्मती र गण्डकी प्रदेश सहित नेपालभरि तीव्र गतिमा साझेदारी तथा उद्योग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इट्टाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ’ साम योन सुक ली थप्छन्’ ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै सातवटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।’

    आगोमा नपोली वातावरण मैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इट्टा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफूहरू उत्साहित भएको एन। पी। निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।

    इन्नोसीएसआर सन् २००८ मा स्थापित विश्वस्तरीय निर्माण सामाग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’  मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबुत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इट्टाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १२:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij