२०८२ मंसिर ४ गते बिहिवार
युरोपियन युनियनका दुईजना राजदूतसहितकाे टाेलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्।
सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका युरोपियन युनियनका राजदूत र उसका तीन सदस्य राष्ट्रहरू जर्मन, फ्रान्स र फिनल्याण्डका राजदूतहरूले बिहीबार बिहान मुख्यमन्त्री शाहसँग भेटघाट गरेका हुन्। भेटवार्ताका क्रममा सुदूरपश्चिमको विकास, सम्बन्ध लगायतको बारेमा छलफल भएकाे थियाे।
भेटका क्रममा राजदूतहरूले यस प्रदेशकाे विकास र चुनाैतीबारे बुझ्न, निर्वाचित भएकाेमा बधाई दिन साथै आफूहरूले सहयाेग गरिरहेका परियाेजनाबारे जानकारी लिन यहाँ आएकाे बताए।
उनीहरूले भारतसँग खुला सिमाना रहेकाले यहाँकाे र भारतकाे समन्ध कसरी अघि बढिरहेकाे छ? चुनाैती के छ? लगायतका बारेमा जिज्ञासा राखेका थिए। नेपालमा इयुले ऊर्जा, कृषि, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सपाेट गरिरहेकाे फ्रान्स र जर्मनका राजदूतले भेटका क्रममा बताए। उनीहरूले सुदूरपश्चिम प्रदेश आफूहरूकाे प्राथमिकतामा रहेकाे जानकारी दिए।
साे अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले याे क्षेत्रमा ऊर्जा, कृषि, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा धेरै गर्न बाँकी रहेकाले युराेपियन युनियनबाट अझ थप सहयाेगकाे अपेक्षा रहेकाे राजदूतहरूलाई सुनाए।
उनले सहकार्य गर्न सुदूरपश्चिम प्रदेश सरकार तयार रहेकाे बताउँदै याे क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे।
भेटका अवसरमा प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले अन्य प्रदेशकाे तुलनामा सुदूरपश्चिम हरेक इन्डेक्समा पछाडि रहेकाले थप सहयाेगका लागि आग्रह गरे। उनले भने, ‘शिक्षा, स्वास्थ्य, पछाडी परेकाे बर्गमा सहयाेग गरिनै रहनु भएकाे छ, यसमा थप सहयाेग बढाउनु हुने छ भन्ने अपेक्षा गरेका छाैँ।’
मन्त्री देउवाले सुशासन र भ्रष्टाचार न्युनीकरण गर्न प्रदेश सरकारले अभियान सुरु गरेकाे बताउँदै यशलाई दिगाे र परिणाममुखी बनाउन पनि युराेपियन युनियनलाई सहयाेगका लागि आग्रहसमेत गरे।
भेटमा सहभागी विभिन्न मन्त्रालयका सचिवहरूले स्थानीय स्तरमा स्वास्थ्य चाैकीमा उपकरण अभाव, शिक्षामा संख्या बढेकाे गुणस्तरमा समस्या, दक्ष जनशक्ति अभाव लगायतका विषय राखेका थिए।
फ्रान्स राजदुतले सुलूरपश्चिम प्रदेशमा उर्जा विकासका लागि धेरै सम्भावना रहेकाे, फ्रान्समा रहेकाे एउटा ठूलाे कम्पनीकाे पनि यसमा लगानी गर्न चासाे रहेकाे बताए।
ऊर्जा क्षेत्रमा भारत र नेपाल बीचकाे सम्बन्ध के छ? भन्ने बारेमा फ्रान्सेली राजदूतकाे चासाे रहेकाे थियाे। उनकाे चासाेपछि मुख्यमन्त्री शाहले भारत नेपालकाे असल छिमेकी राष्ट्र भएकाले लगानी गर्दा कुनै समस्या नहुने राजदूतलाई आश्वस्त पारे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij