Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

संसदमा महिलाको भूमिकाको मूल्याङ्कन नभएको मन्त्री शर्माले पोखिन् यस्तो गुनासो

संसदमा महिलाको भूमिकाको मूल्याङ्कन नभएको मन्त्री शर्माले पोखिन् यस्तो गुनासो


  • 1.6K
    Shares

    संसदमा महिलाको भूमिकाको मूल्याङ्कन नभएको मन्त्री शर्माले पोखिन् यस्तो गुनासो
    images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाको मूल्याङ्कन नभएको बताएकी छिन् ।

    सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको गुनासो गर्दै उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको पनि बताइन्।

    सञ्चारमन्त्री शर्माले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ। कति सफल भएका हौँला, कति असफल भएका हौँला। अवसर पाएका पुरुषहरू सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन्। तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ। यहाँनेर समस्या छ। जतिसुकै कष्ट गरेर भए पनि हामी अवसर पाएका महिलाहरू उत्तीर्ण हुनैपर्छ। संसदभित्र हेर्‍यौँ भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै कानुन बनाउँदा संशोधन महिलाले नै हाल्छन्,संसदमा कोरम पुर्‍याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ। तर पनि बाहिर आउँदा मूल्याङ्कन हुँदैन, चर्चासम्म पनि हुँदैन।’

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १५:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij