Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

गोरखामा ट्रक दुर्घटना: एकको मृत्यु, सात जना गम्भीर घाइते

गोरखामा ट्रक दुर्घटना: एकको मृत्यु, सात जना गम्भीर घाइते


  • 1.6K
    Shares

    गोरखामा ट्रक दुर्घटना: एकको मृत्यु, सात जना गम्भीर घाइते
    images

    काठमाडौं । गोरखाको गोरखा नगरपालिका–६ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।

    गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३, ०१–००३ क ६१७० नम्बरको मिनी ट्रक आज दिउँसो सवा १ बजे बिसौनीमोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । सो ट्रकले बा ८६ प १७८६ नम्बर मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

    दुर्घटनामा जम्मा ८ जना घाइते भएकामा एक जनाको उपचारको क्रममा गोरखा अस्पतालमा १ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गोरखामै उपचार भइरहेको छ। ट्रक सडकबाट करिब २० फिट तल खसेको छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १४:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij