Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

सिन्धुली बस दुर्घटना अपटेड: ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत

सिन्धुली बस दुर्घटना अपटेड: ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत


  • 2.4K
    Shares

    सिन्धुली बस दुर्घटना अपटेड:  ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत
    images

    मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ ।

    उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा  ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय  पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

    ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए ।

    सोह्र घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको सिलवालले जानकारी दिए । तीमध्ये आठ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो । सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १७:०२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij