Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एमालेका कारण शान्ति सम्झौता भंग हुने डर बढ्यो: देव गुरुङ

एमालेका कारण शान्ति सम्झौता भंग हुने डर बढ्यो: देव गुरुङ


  • 1.5K
    Shares

    एमालेका कारण शान्ति सम्झौता भंग हुने डर बढ्यो: देव गुरुङ
    images

    सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण शान्ति प्रक्रिया टुंगोमा लैजान कठिन भएको बताएका छन्। 

    माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनलाई आइतवार सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया नटुंगिनुको दोष एमालेमाथि लगाएका हुन्। 

    गुरुङले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगबारेको विधेयक संसदमा पुगेको बताउँदै तर नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउनेतर्फ चासो नदिएको आरोप लगाए।

    गुरुङले शान्ति प्रक्रियालाई संविधानले पनि ग्रहण गरिसकेको अवस्थामा अब संक्रमणकालीन न्यायको प्रक्रिया अदालतबाट नभइ सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै मिलाउनुपर्ने तर्क गरे।

    उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा पुगिसकेपछि २०६३ सालमा भएको शान्ति सम्झौता तोडिने चिन्ता बढेको दाबी गरे।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १६:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij