Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्रीलाई बुझायाे ज्ञापनपत्र, यस्ता छन् माग

पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्रीलाई बुझायाे ज्ञापनपत्र, यस्ता छन् माग


  • 1.8K
    Shares

    पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्रीलाई बुझायाे ज्ञापनपत्र, यस्ता छन् माग
    images

    पूर्व जनमुक्ति सेनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएकाे छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्री शाहलाई ९ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो।

    ज्ञापन पत्रमा १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत जनयुद्धकालीन मुद्दा हल गरिनुपर्ने माग गरिएको छ। जनमुक्ति सेनालाई राष्ट्रिय सेना घोषणा गरिनुपर्ने, युद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारलाई उचित सम्मान गर्नुपर्ने, घाइते, अपाङ्गको उचित उपचार र भरणपोषणको व्यवस्था मिलाउनुपर्ने, विदेशी शक्तिको चलखेल बन्द गरिनुपर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गरिनुपर्ने र देशको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्न पूर्वजनमुक्ति सेना नेपालले माग गरेको छ।

    पूर्व जनमुक्ति सेना नेपालको तर्फबाट सुदूरपश्चिम संयोजक विक्रमसिंह कुँवरले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन्।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १६:१३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij