Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

त्रिविको केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी

त्रिविको केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी


  • 1.6K
    Shares

    त्रिविको केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी
    images

    काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी ११५ जनाको उम्मेदवारी परेको छ ।

    स्ववियु निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गरएका छन् । समितिले ४ जना स्वतन्त्र विद्यार्थीले र अनेरास्ववियुको तर्फबाट १ जनाले उम्मेदवारी दिएको जानकारी दिएको छ ।

    त्यस्तैगरी क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट, स्वतन्त्र विद्यार्थी समूहबाट, नेविसंघबाट, स्वतन्त्र विद्यार्थी संघबाट, नेपाल विद्यार्थी संघबाट, अखिल क्रान्तिकारीबाट, अनेरास्ववियूबाट, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट र अखिल (क्रान्तीकारी) संयुक्तबाट गरी १४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

    २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १४:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij