Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सिन्धुली अपडेट: मृतकको संख्या ६ पुग्यो, घाइतेलाई उपचारको लागी खुर्कोटमा ल्याइँदै

सिन्धुली अपडेट: मृतकको संख्या ६ पुग्यो, घाइतेलाई उपचारको लागी खुर्कोटमा ल्याइँदै


  • 1.7K
    Shares

    सिन्धुली अपडेट: मृतकको संख्या ६ पुग्यो, घाइतेलाई उपचारको लागी खुर्कोटमा ल्याइँदै
    images

    काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।

    मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

    घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - ११:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij