२०८२ मंसिर ५ गते शुक्रवार
जनकपुरधाम । रक्सी खाएर सडकमा हङ्गामा मच्चाउने प्रहरी जवान सञ्जीवकुमार रायलाई निलम्बन गरिएको छ ।शुक्रवार दिउसो रक्सी खाएर सवारी चेकजाँचमा उत्रेपछि स्थानीयबाट उनको विरोध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सवारी चेकजाँचको क्रममा विवाद गर्दै अर्धनग्न भई सडकमा ताण्डव मच्चाई रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको हो । प्रहरी जवान रायसँगै विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जनासमेत पक्राउ गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij