Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

महिला लघुवित्तको आईपीओमा आवेदन दिने अवधि अब मात्र दुई दिन बाँकी 

महिला लघुवित्तको आईपीओमा आवेदन दिने अवधि अब मात्र दुई दिन बाँकी 


  • 7.8K
    Shares

    महिला लघुवित्तको आईपीओमा आवेदन दिने अवधि अब मात्र दुई दिन बाँकी 
    images

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने अवधि अब दुई दिन मात्र बाँकी रहेको छ । माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले मागभन्दा ३९ गुणा बढी आवेदन परिसकेकाले छिटो अवधि फागुन ४ गतेभित्र विक्री बन्द गर्ने भएको हो । 

    कम्पनीको आईपीओमा आइतवार साझ ५ बजेसम्म ९ लाख ६३ हजार ८६८ जना आवेदकबाट १ करोड ४९ लाख ३५ हजार ९७० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा ३९ दशमलव ८२ गुणा बढी हो ।

    कम्पनीले माघ ३० गते ९शुक्रवार० देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रू। १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

    आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

    साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ डबल बी प्रदान गरेको छ । 

    कम्पनीले यो आईपीओ विक्री गर्न माघ ८ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू। ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । 

    सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू ३१३ दशमलव १६ रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - ११:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij