Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

पोखरा विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान, यस्तो छ समयतालिका

पोखरा विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान, यस्तो छ समयतालिका


  • 1.9K
    Shares

    पोखरा विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान, यस्तो छ समयतालिका
    images

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकका विभिन्न चार गन्तव्यबाट बिहीबार (हिजो) देखि रात्रिकालीन उडान सुरू भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो । 

    बुद्धले काठमाडौं, भद्रपुर, भैरहवा तथा नेपालगञ्जबाट पोखरामा रात्रीकालिन उडान भरेको हो। यी चारै गन्तव्यका जहाजहरुले पोखरामै रात्री विसान गरेका छन्। 

    यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।

    कम्पनीले रात्रीकालिन उडानको  लागि समय तालिका बनाएको छ। जसअनुसार काठमाडौं–पोखरा १९ः३५, पोखरा–काठमाडौं १७ल्३०, भद्रपुर–पोखरा१८ः५५, नेपालगञ्ज–पोखरा१९ः३० र भैरहवा–पोखरा १९ः२५ बजे उडान हुनेछ।

    यसबाटसाँझको समयमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै ती गन्तव्यमा फर्कन सहज भएको छ । यस यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने बुद्ध एयरले जनाएको छ ।

    आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ । यसैगरी  पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ।

    बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आगामी दिनमा बजारको माग अनुसार अन्य गन्तव्यमा पनि विस्तार गर्ने बुद्ध एयरले जनाएको छ ।

    यस्तो छ रात्रिकालीन उडानको समय

    भद्रपुर–पोखरा साँझ ६ः५५ बजे
    भैरहवा–पोखरा साँझ ७ः२५ बजे
    नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे
    काठमाडौं–पोखरा साँझ ७ः३५ बजे

    हाल बुद्ध एयरसँग एटीआर–७२ जहाज ११ तथा एटीआर–४२ जहाज ३ वटा रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १७:०२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij