२०८२ मंसिर ५ गते शुक्रवार
पर्वतको फलेबास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम वितरण गरेका छन्।
गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्।
उनले तलबबापतको एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रु तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij