Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोकिँदा १८ वर्षीय युवकको मृत्यु

सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोकिँदा १८ वर्षीय युवकको मृत्यु


  • 274
    Shares

    सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोकिँदा १८ वर्षीय युवकको मृत्यु
    images

    काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

    काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा बिहीबार बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - ०६:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij