२०८२ मंसिर ५ गते शुक्रवार
कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसले विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ। प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा न. ३ स्थित वेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका छन्।
उक्त विद्यालयका ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरिएको हो। वडाध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई यी सामानहरु हस्तान्तरण गरिएको हो।
कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत यी सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्यान्डका पबित महर्जनले बताए। त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले बताए।
यस बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सिताराम लामाले भने, ’विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि उनीहरुले जुन सहयोग प्रदान गरेका छन्, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको छ। इन्टर्नेसनल साउन्ड सर्भिस र कुटुम्बको यो सहयोग प्रति हामी आभारी छौं।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij