Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

१२ बुँदे साझा संकल्प जारी गर्दै सकियो सहकारीका सिईओको राष्ट्रिय गोष्ठी

१२ बुँदे साझा संकल्प जारी गर्दै सकियो सहकारीका सिईओको राष्ट्रिय गोष्ठी


  • 2.1K
    Shares

    १२ बुँदे साझा संकल्प जारी गर्दै सकियो सहकारीका सिईओको राष्ट्रिय गोष्ठी
    images

    सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ ।

    सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

    गोष्ठीले बचत तथा ऋण सहकारीको सेवा स्तरीकरण, संस्थागत दिगोपना र फरक पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि आवश्यक पैरवी गर्ने समेत निर्णय गरेको छ ।

    गोष्ठीले जारी गरेको साझा प्रतिबद्धतामा नेफ्स्कूनका सदस्य सङ्घसंस्थालाई जारी गरिएको एकीकृत स्वनियमन मार्गनिर्देशन पालना गर्ने, प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थागत विकास तथा सुदृढीकरण गर्ने उल्लेख छ । साथै कोभिड–१९ पछि तरलतालगायत कारणले सङ्कटमा पर्न गएका संस्थाको सुरक्षाका लागि स्वजागरण सहजीकरण प्रणाली विकास र कार्यान्वयन गर्ने गर्ने जनाएका छन् ।

    सहकारीको मूल्य र सिद्धान्तमा आधारित व्यावसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धति र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम शर्तहरु पालना गराउने गोष्ठीमा प्रतिबद्धता जनाइएको छ ।

    साझा प्रतिबद्धतामार्फत बचत तथा ऋण सहकारीका लागि व्यवस्था गरिएका नियामकीय प्रबन्ध पूर्णरुपमा कार्यान्वयन, जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने र नियमित जोखिम सुपरीवेक्षण गर्न सीइओहरु सहमत भएका छन् ।

    वित्तीय सेवा सबै समुदाय र वर्गमा न्यून लागतमा प्रवाह गर्न प्रविधिको  प्रयोग बढाउने, उत्पादन र उत्पादकत्व बढाउन रू पाँच करोडभन्दा माथि कारोबार गर्ने संस्थाले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना गर्ने र जनशक्ति व्यवस्थापनमार्फत सदस्यलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।

    देशभरका करिब चार सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखको सहभागिता रहेको गोष्ठीले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

    यस्ता छन् १२ संकल्प :

    १. बचत तथा ऋण सहकारीहरुको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरबी गर्ने ।

    २. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सदस्य संघ संस्थाहरुलाई जारी गरिएको एकिकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने ।

    ३. बचत तथा ऋण सहकारीहरुको छबी संरक्षण र प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण (एक्सेस, प्रोवेसन तथा कर्ब्स) कार्यक्रमहरुमा सहभागि भइ संस्थागत विकास र सुदृढिकरण गर्ने ।

    ४. कोभिड-१९ पश्चात वृहत अर्थ व्यवस्थामा आएको बदलाव र सो को बचत तथा ऋण सहकारीहरुमा परेको प्रभावबाट सदस्यहरु र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाहरुको समिक्षा गरी सन्तुलन कायम मार्फत स्वस्थ्य र सुरक्षित साकोस निर्माण गर्न पर्ल्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने ।

    ५. कोभिड-१९ पश्चात तरलता लगायत कारणले संकट उन्मुख साकोसहरुको सुरक्षाका लागि स्व जागरण सहजिकरण (Self Recovery Facilitation Program- SRFP) विकास गरी संघ मार्फत कार्यान्वयन गर्ने । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी सकारात्मक लेख रचनाहरु नियमित सार्वजनिक सञ्चार माध्यमहरुमा प्रकाशन गर्ने ।

    ६. वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धती र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवा सुबिधा तथा सुरक्षाका न्यूनतम शर्तहरु संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सहभागिताका कार्यशाला आयोजना गर्ने ।

    ७. बचत तथा ऋण सहकारीहरुको लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्धहरु (कोपोमिस, गो ए एम एल ) पुर्णरुपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरुमा संघबाट सहजिकरणको व्यवस्था गराउने ।

    ८. वाह्य तथा आन्तरिक रुपमा देखा पर्ने जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध भइ नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा पहिला सुरक्षाको सिद्धान्त कार्यान्वयन गर्ने ।

    ९.न्यून लागतमा समाबेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाको रुपमा प्रविधि विकासमा योगदान गर्ने र उपलब्ध भए सम्म सञ्जालको साझा प्रविधिको उपयोग गर्ने ।

    १०. सदस्यहरुको समृद्धि र वास्तविक अर्थ व्यवस्थामा नै योगदानका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न पाँच करोड भन्दा माथि कारोवार गर्ने सबैले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापन मार्फत सदस्यहरुलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने ।

    ११. साकोस एकरुपता प्रणाली कार्यान्वयन करारीय सम्झौता मार्फत गर्न नेफ्स्कूनसंग सम्झौता गरी कार्यान्वयन सुनिश्चितता गर्ने र सञ्जालको सक्षमता विकासका लागि संस्थाको वित्तीय तथा गैह्र वित्तीय स्रोत सञ्जाल मार्फत परिचान गर्न संघ संस्थको तोकिएको तथ्याङ्क तोकिएको ढाँचामा तोकिएको समयमा नै उपलब्ध गराउने ।

    १२. उपरोक्त प्रतिवद्दताहरु संघ संस्थामा नीतिगत व्यवस्था गरि क्रमश कार्यान्वयन गर्ने।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १४:०६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij