Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

चैत १ गतेदेखि घट्ने भयो बैंकको ब्याजदर, निक्षेपदर समेत घटाउने

चैत १ गतेदेखि घट्ने भयो बैंकको ब्याजदर, निक्षेपदर समेत घटाउने


  • 2.6K
    Shares

    चैत १ गतेदेखि घट्ने भयो बैंकको ब्याजदर, निक्षेपदर समेत घटाउने
    images

    काठमाडौं । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए)को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । 

    सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले जानकारी दिए । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । 

    यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । तर, अब भने सो ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने तयारी बैंकहरूले गरेको ती सदस्यले जानकारी दिए । योसँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूमा चैतदेखि केही राहत मिल्ने भएको छ । 

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १७:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij