Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?


  • 2.6K
    Shares

    लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
    images

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीले चैत २९ गते, बुधबार २९ औं वार्षिक साधारण सभा बोलाएको हो।

    कम्पनी फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा गर्ने निर्णय गरेको थियो । सभा वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

    साथै, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्नेछ ।

    साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्वीटिमा एको परिवर्तनहरु समेत पारित गर्नेछ ।

    कम्पनीले साधारण सभाको लागि चैत ३ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउने छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १६:४२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij