२०८२ मंसिर ५ गते शुक्रवार
एक दर्जन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले नयाँ शाखा खोल्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप नयाँ शाखा खोल्नका लागि ११ वटा ब्रोकर कम्पनीलाई अनुमति दिइएको हो । ति ११ वटा कम्पनीले २० वटा नयाँ शाखा विस्तार गर्ने छन् ।
धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार ती ब्रोकर कम्पनीहरुलाई नयाँ शाखा खोल्ने अनुमति प्रदान गरिएको सेबोनले जनाएको छ ।
सेबोनका अनुसार एउटै ब्रोकर कम्पनीलाई थप ६ वटासम्म नयाँ शाखा विस्तारका लागि अनुमति प्रदान गरेको छ । सेबोनबाट भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले पर्साको विरगंज, काभ्रेको धुलिखेल, सुर्खेत, महोत्तरीको वर्दिबास, म्याग्दीको बेनी र दोलखाको चरिकोटमा नयाँ शाखा खोल्न पाएको हो ।
यस्तै, भिजन सेक्यूरिटिज प्रा.लि.ले कपिलवस्तुको चन्द्रौटा, इलाम बजार, कैलालीको टिकापुरमा शाखा नयाँ शाखा विस्तार गर्नेछ । निभ सेक्यूरिटजले सर्लाहीको हरिवन र कैलालीको अत्तरिया, सुन्धारा सेक्यूरिटिजले बाराको सिमरा र चितवनको पर्सामा नयाँ शाखा संचालनका लागि बोर्डबाट अनुमति पाएका छन् ।
त्यसैगरि कालिका सेक्यूरिटिजले महोत्तरीको बर्दिवास, त्रिशक्ति सेक्यूरिटिज पब्लिकले कञ्चनपुरको महेन्द्रनगर, ईम्येरियल सेक्यूरिटिजले धादिङको धादिङवेशी, क्रियटिभ सेक्यूरिटिजले पाल्पाको तानसेन, आशुतोष सेक्यूरिटिजले सिराहको मिरचैया, र मिडास स्टक ब्रोकिङ्ग कम्पनीले गोरखाको गोरखा बजारमा नयाँ शाखा विस्तारका लागि बोर्डबाट अनुमति प्राप्त गरेका छन् ।
यी हुन् नयाँ शाखा खोल्नका लागि अनुमति पाएका ब्रोकर कम्पनीहरु

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij