२०८२ मंसिर ५ गते शुक्रवार
संसद भवनमा जारी राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर एकजना सांसद घाइते भएका छन्।
मतदान गरेर फर्किने क्रममा सप्तरीबाट निर्वाचिन मधेश प्रदेशका सदस्य गोविन्द प्रसाद न्यौपाने लडेर घाइते भएका हुन्।
एकीकृत समाजवादीका सांसद उनी लडेर टाउको फुटेपछि उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।
७१ वर्षीय सांसद सप्तरी ४ (१)बाट निर्वाचित भएका हुन्। प्रहरीका अनुसार उनी रक्तचाप बढेर लड्न पुगेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij