Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

पीएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनको ताला

पीएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनको ताला


  • 1.5K
    Shares

    पीएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनको ताला
    images

    पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

    क्याम्पसमा निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

    अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छटौं, अखिल क्रान्तिकारी ‘विप्लव’, अखिल क्रान्तिकारी संयुक्त लगायत विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्र्दै २ बुँदे मागसमेत राखेका छन् ।

    उनीहरुले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन अगावै निर्वाचनलाई प्रभावित पार्ने गरी विद्यार्थीको नाम, ठेगानासहितको व्यक्तिगत विवरण बाहिर ल्याएको आरोप लगाएका छन् ।

    विज्ञप्तिमार्फत उनीहरुले त्रिभुवन विश्वविद्यालयमार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक, कर्मचारीले आसन्न निर्वाचनमा मतदान गर्न नपाउने, फागुन १९ गतेसम्म दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको तस्तै पुनः प्रकाशन गर्न माग राखेका छन् ।

    उनीहरुले स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने दुस्साहस नगर्नसमेत चेतावनी दिएका छन् ।

    ‘…उल्लेखित माग सम्बोधन नभएसम्म स्ववियु निर्वाचन कार्यालय अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी खोल्ने दुस्साहस गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं निर्वाचन समिति र क्याम्पस प्रशासन हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    ffdfff.jpg

     

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १३:०२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij