Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणीलाई राहत

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणीलाई राहत


  • 2.2K
    Shares

    • images
    ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणीलाई राहत
    images

    नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो। 

    एनबीएमा केहीबेरअघि बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरुको बैठकले ऋणको ब्याजदर घटाएर जानुपर्ने अवस्थाको विश्लेषण गर्दै त्यसकै आधार तयार पार्नका लागि बचत र कल निक्षेपको ब्याजदर ०.४२ प्रतिशतले घटाउने निर्णय गरेको हो । 

    एनबीएका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । 

    उनका अनुसार चैत १ गतेदेखि लागू हुने गरी बचतको ब्याजदर ६ देखि ८ प्रतिशत कायम गरिएको छ । हाल ६.४२ देखि ८.४२ प्रतिशतसम्म रहेको थियो । 

    प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ। आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो। तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ।

    हाल कुल निक्षेपमा बचत र कल निक्षेपको हिस्सा ३६ प्रतिशत छ। बचत र कल निक्षेपको ब्याजदर घट्नेबित्तिकै बैंकहरुको खर्च घटी आधार दर समेत घट्ने र यसले ऋणको ब्याजदर सस्तिने विश्लेषण गर्दै यस्तो निर्णय गरिएको केसीले जानकारी दिए । 

    यसैगरी, एनबीएको बैठकले ऋणको प्रिमियम पनि घाउने निर्णय गरेको छ । अब वाणिज्य बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाउनेछन् । हाल आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाइने व्यवस्था कार्यान्वयनमा थियो । 

    अध्यक्ष केसीले प्रिमियम घटाउने निर्णय तत्काल लागू हुने र यसले साना ऋणिहरुलाई तत्काल राहात हुने दाबी गरे । 

    एनबीएले यसअघि गत माघमा मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । पछिल्लो महिना निक्षेपको ब्याजदर घटिरहेको भए पनि कर्जाको ब्याजदरमा भने त्यसको प्रभाव देखिएको छैन । बैंकहरुले आधार दरको गणना त्रैमासिक हिसाबले गर्ने भएकोले बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ आधार दर तय हुने र एनबीएको पछिल्ला निर्णयहरुले त्यो घट्न गई ऋणको ब्याजदर पनि राम्रै ढंगले घट्ने बैंकरहरुको विश्लेषण छ । बैंकरहरुले सबै कुरा ठीकठाक रहे बैशाखदेखि ऋणको ब्याजदर अधिकतम २ प्रतिशतसम्म घट्नसक्ने अनुमान गरेका छन् । 

     

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - ११:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij