२०८२ भाद्र ७ गते शनिवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरिछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनैपनि कामगर्दा सावधानि अपनाउँनु होला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
वैदेशिक ब्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाँफा तथा आम्दानी हुनेछ । लामोदुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खराबि हुन सक्छ ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। समयको गतिसँगै अगाडि बढ्न सकिने हुनालेआर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। काममा अरूको भरपर्नु भन्दा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना अहिले नै सार्वजनिक नगर्नुहोला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij