Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

कृषि, ऊर्जा र उद्यममा बैंकहरुले गरे कर्जा लगानी, कुनको कति?

कृषि, ऊर्जा र उद्यममा बैंकहरुले गरे कर्जा लगानी, कुनको कति?


  • 1.8K
    Shares

    कृषि, ऊर्जा र उद्यममा बैंकहरुले गरे कर्जा लगानी, कुनको कति?
    images

    वाणिज्य बैंकले कृषि र ऊर्जा क्षेत्रमा लगानी बढाउन थालेका छन्। चालू आर्थिक वर्षको पुससम्म उनीहरुले कृषि क्षेत्रमा १३.०९ प्रतिशत र ऊर्जा क्षेत्रमा ६.२९ प्रतिशत लगानी गरेका हुन्।

    यो अवधिमा बैंकहरुले लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्ने कर्जा भने सामान्य घटेको छ। चालू आवको दोस्रो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरुले लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा ९.५१ प्रतिशत लगानी गरेको देखिएको छ।

    गत वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १२.९६ प्रतिशत, ऊर्जा क्षेत्रमा ५.७७ प्रतिशत र लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा ११.१५ प्रतिशत लगानी गरेका थिए। 

    गत वर्षको तुलनामा भने यो वर्ष बैंकहरुको कृषि र ऊर्जामा लगानी बढेको छ।  लघु, साना एवं मझौला उद्यममा भने घटेको विवरणले देखाएको छ। 

    वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निर्देशनअनुसार २०८० असार मसान्तसम्म किटान गरिएको कृषि, ऊर्जा तथा जलस्रोत र साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकले कुल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी गर्नुपर्छ। 

    तर, २०७९ पुस मसान्तसम्म २२ वटा वाणिज्य बैंकको यस्तो प्राथमिकताप्राप्त क्षेत्रको लगानी जम्मा २८.८८ प्रतिशत पुगेको छ।

    दोस्रो त्रैमासिकसम्म २२ वाणिज्य बैंकले कुल ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गर्दै गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा १२ खर्ब ३५ अर्ब ५० लाख रुपैयाँबराबरको मात्र लगानी भएको हो।

    केन्द्रीय बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल प्रवाहित कर्जाको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ।

    यसैगरी, ऊर्जा क्षेत्रमा २०८१ सम्ममा न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्नेछ भने लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा १५ प्रतिशत गर्नुपर्ने व्यवस्था छ।

    प्राथमिक क्षेत्रमा सरकारी बैंकको लगानी घट्यो

    सरकारी तीन वाणिज्य बैंकले प्राथमिक क्षेत्रमा प्रवाह गरेको लगानी घटेको छ। कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको दोस्रो त्रैमासको तुलनामा प्राथमिक क्षेत्रमा प्रवाह गर्ने लगानी घटेको देखिएको हो। 

    नेपाल बैंक

    आर्थिक वर्ष २०७९/०८० पुस मसान्तमा नेपाल बैंकले कृषिमा १२.३३ प्रतिशत, ऊर्जामा ६.१६ प्रतिशत र साना तथा मझौला व्यवसायमा १०.६६ प्रतिशत गरी कुल २९.१५ प्रतिशत लगानी गरेको छ। 

    गत वर्ष यसै अवधिमा नेपाल बैंकले कृषिमा १४.०६ प्रतिशत, ऊर्जामा ६.५४ प्रतिशत र साना तथा मझौला व्यवसायमा ४०.९१ प्रतिशत गरी कुल ६१.५१ प्रतिशत लगानी गरेको थियो। 

    नेपाल बैंकको कृषि र साना तथा मझौला व्यवसायमा लगानी घटेको छ भने ऊर्जा क्षेत्रमा भने लगानी बढाएको छ।

    राष्ट्रिय वाणिज्य बैंक

    आर्थिक वर्ष २०७९/०८० पुस मसान्तमा राष्ट्रिय वाणिज्य बैंकले कृषिमा १२.१६ प्रतिशत, ऊर्जामा ६.८९ प्रतिशत र साना तथा मझौला व्यवसायमा १७.९३ प्रतिशत गरी कुल ३६.९८ प्रतिशत लगानी गरेको छ। 

    गत वर्ष यसै अवधिमा बैंकले कृषिमा ११.२० प्रतिशत, ऊर्जामा ५.८१ प्रतिशत र साना तथा मझौला व्यवसायमा २०.६१ प्रतिशत गरी कुल ३७.६२ प्रतिशत लगानी गरेको थियो। 

    राष्ट्रिय वाणिज्य बैंकको कृषि र ऊर्जा क्षेत्र लगानी बढेको छ भने साना, तथा मझौला क्षेत्रमा भने लगानी घटेको छ। 

    कृषि विकास बैंक

    कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/०८० पुस मसान्तमा कृषिमा २८.३५ प्रतिशत, ऊर्जामा ४.७९ प्रतिशत र साना तथा मझौला व्यवसायमा २४.३६ प्रतिशत गरी कुल ५७.५० प्रतिशत लगानी गरेको छ। 

    अरु बैंकको कति? 

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्राथमिक क्षेत्रमा २६.२३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २५.८१ प्रतिशत, हिमालयन बैंकले ५० प्रतिशत, सानिमा बैंकको २९.०८ प्रतिशत लगानी भएको देखिएको छ। 

    त्यसैगरी प्रभु बैंकको २२.५५ प्रतिशत, एनएमबि बैंकको ३२.९० प्रतिशत, सनराइज बैंकले ३२.४४ प्रतिशत, प्राइम कमर्सियलको २७.२३ प्रतिशत, सिटिजन्स बैंकको ३०.८३ प्रतिशत, ग्लोबल आईएमईको २५.६५ प्रतिशत, सिद्धार्थ बैंकको २७ प्रतिशत रहेको छ। 

    त्यस्तै लक्ष्मी बैंक २२.५३ प्रतिशत, कुमारी बैंक ३०.९१ प्रतिशत, माछापुच्छ्रे बैंक २५.६९ प्रतिशत, एनआईसी एसिया बैंक २६.२६ प्रतिशत, एभरेष्ट बैंक २६.४० प्रतिशत र नेपाल एसबीआई बैंकले प्राथमिक क्षेत्रमा ३१.८४ प्रतिशत लगानी गरेका छन्। 

    loan-.png

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १५:५३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij