Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग

बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग


  • 2.2K
    Shares

    • images
    बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग
    images

    बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालले बैङ्क तथा वित्तीय संसाथहरूको विरुद्धमा भइरहेको अवाञ्चित क्रियाकलाप रोक्न सरकारसँग माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सिबिफिनले देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका  अवाञ्छित क्रियाकलापहरू रोक्न सरकारसँग माग गरेको हो । 

    वित्तीय क्षेत्रमा हुने अवाञ्चिछ गतिविधिले स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आँकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहन संस्थाको आग्रह छ । देशको अर्थतन्त्रको रक्त सञ्चारको रूपमा रहेको बैङ्किङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन सिबिफिनले अपिल गरेको छ । 

    पछिल्लो समय अतिविकसित तथा विकासोन्मूख अधिकांश देशहरूले तरलता, ब्याजदर र मुद्रास्फिती जस्ता चुनौती भोगिरहेका छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरूले ब्याजदर निर्धारण हुने बैङ्क तथा वित्तीय संस्थाको बताउँदै आएको छ । 

    सरकार, उद्यमी, व्यवसायी र र सर्वसाधारण समेतले अनपेक्षितरूपमा भोगिरहेका समस्याहरूको उचित समाधानका एकजुट हुनुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाइएको सिबिफिनको आरोप छ । 

    केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैङ्किङ क्षेत्र त्रसित र तरंगित सिबिफिनको विज्ञप्तिमा उल्लेख छ । 

    बैङ्किङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृङ्खल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्य गर्ने तथा कानुन हातमा लिएर आफ्नो अभिष्ट पूरा गर्न खोज्नेहरूलाई तत्काल कठघरामा उभ्याउन सरकार र मातहतको निकायलाई सिबिफिनले ध्यानाकर्षण गराएको छ । 

    विज्ञप्तिमा भनिएको छ, “स्वयं नेपाल सरकार, आम उद्यम÷व्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरूको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ ।”  

    पारदर्शी र संवेदनशील क्षेत्रको रूपमा परिचित नेपालको बैङ्किङ क्षेत्रले नियामक निकायहरूमार्फत जारी नीति नियमको प्रभावकारी कार्यान्वयन, सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यहरूको कारण अहिले आर्थिक क्षेत्रका केही महत्त्वपूर्ण सूचकहरू सकारात्मक दिशातर्फ उन्मूख भइरहेको संस्थाको दावी छ । 

    देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बैङ्किङ क्षेत्रले आम जीवनस्तर, आर्थिक/सामाजिक क्षेत्रको विकास एवं विस्तार, रूपान्तरण र समग्रतामा देशको दिगो आर्थिक विकासमा बैंक तथा वित्तीय क्षेत्रले योगदान पुर्याउँदै आएको छ । 

    नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले लाखौँको सङ्ख्यामा रोजगारीका अवसरहरूको सृजना, अरबौं रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मोफसलदेखि दुरदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक-आर्थिक रुपान्तरणका लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । 

    सिविफिनद्वारा जारी विज्ञिप्तिमा भनिएको छ, “आफ्नै देशभित्र मौद्रिक÷बौद्धिक लगानी गरी÷गराइ राष्ट्रको आर्थिक समृद्धिमा योगदान पु¥याउने पवित्र मनसायसहित दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौ संस्थापक÷सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीहरुको योगदानलाई नजरअन्दाज गरिनु हुँदैन ।” 

    कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरूको कारण उत्पादन, माग तथा आपूर्ति श्रृङ्खला विथोलिदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ । 

    आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्र समेत प्रभावित भएको वर्तमान अवस्थाले सर्वसाधारण, राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्ताहरूमा समेत चासो र चिन्ता बढाएकोे छ । अर्थतन्त्रलाई लयमा फर्काउने सम्भावित उपायहरूका विषयमा सरकार, सरोकारवाला निकाय, निजी क्षेत्र सचेत र जिम्मेवार हुनुपर्ने सिविफिनको भनाइ छ । 

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १५:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij