२०८२ मंसिर ५ गते शुक्रवार
माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सवेरी एण्ड सेलवेज)बीच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरे ।
सम्झौतापश्चात सेलवेज क्यास एण्ड क्यारीसँग आवद्ध सेल्सबेरी एण्ड सेलवेजका आउटलेटहरूबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरूले विभन्न डिजिटल माध्यमबाट जस्तै क्यूआर वा पिओएसमार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडलेस योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा ई–कमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनुहोस् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागू हुनेछ ।
माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ ।
यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएममार्फत १४ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij