Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भलिबलकी उषा भण्डारीले जितिन् पिपल्स च्वाइस अवार्ड

भलिबलकी उषा भण्डारीले जितिन् पिपल्स च्वाइस अवार्ड


  • 3.3K
    Shares

    • images
    भलिबलकी उषा भण्डारीले जितिन् पिपल्स च्वाइस अवार्ड
    images

    नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् ।

    क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द भण्डारीले अवार्ड हात पारेकी हुन् । भोटिङका आधारमा विजेता चयन गरिएको यो विधमा उनले कुल ३८ प्रतिशत भोट पाइन् ।

    विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत थियो ।

    यो सबैबाट मिलाउँदा उनले ३८.०८ प्रतिशत मत पाएकी थिइन् । मनोनयनमा परेका अञ्जन विष्टले ३१.१४ प्रतिशत, आसिफ शेखले १४.९९ प्रतिशत, अभिलाषा विष्टले ८.३२ प्रतिशत र डुवान लामाले ७.५० प्रतिशत मत पाए ।

    प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन ।

    १८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् ।

    यसकै आधारमा उनी यो अवार्डको मनोनयनमा परेकी थिइन् । उनलाई समर्थकले पनि मन पराएर भोट गरे र उनले यो अवार्ड जितिन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १७:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij