Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

१४ अङ्कले बढ्यो शेयर बजार, १ अर्ब २० करोड रुपैयाँको कारोबार

१४ अङ्कले बढ्यो शेयर बजार, १ अर्ब २० करोड रुपैयाँको कारोबार


  • 2.1K
    Shares

    १४ अङ्कले बढ्यो शेयर बजार, १ अर्ब २० करोड रुपैयाँको कारोबार
    images

    काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार मंगलबार भने सम्हालिएको छ । मंगलबार १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ।

    मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए । सबैभन्दा धेरै जलविद्युत (१.६७ प्रतिशत)का लगानीकर्ताले कमाए ।

    मंगलबार शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, स्वाभिमान लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।

    सीवाईसी नेपाल लघुवित्त, नविल इक्विटी फण्ड, समिट लघुवित्त, कुमारी धनवृद्धि योजनासहितका धितोपत्रको मूल्य भने धेरैले घटेको छ । साल्ट ड्रेडिङ, हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त, शिवम सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १५:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij