Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने: राष्ट्र बैंक

एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने: राष्ट्र बैंक


  • 1.9K
    Shares

    • images
    एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने: राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने व्यवस्था गरेको जनाएको छ।

    राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि आज (सोमबार) जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो।

    आज राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्नेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था गरिएको छ ।’

    बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर तथा परिवर्तनशील हुन सक्ने सूचना उल्लेख छ। ‘स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तनअनुसार थपघट हुन सक्छ’, सूचनामा भनिएको छ।

    परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। ‘यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ। 

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १४:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij