Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई


  • 1.4K
    Shares

    खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई
    images

    ओखलढुङ्गा । खिजिदेम्बा अल्ट्रा ट्रेल रेस २०२३को उपाधि पुरुषतर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढाले हात पारेका छन् ।

    बिहीबार सम्पन्न ४२ मिटरको दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला ( पुरुष गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो ।

    पर्यटकीय क्षेत्र पाँच हजार मिटरको उचाइसम्म रहेको पिके डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुने म्याराथनमा केन्या र इङल्याण्डका खेलाडीले समेत दौडमा सहभागिता जनाएको थियो ।

    त्यसै गरि उक्त प्रतियोगिताको पुरुष तर्फ भोजपुरका तीर्थ तामाङ द्वितीय भए भने सोलुखुम्बुकै अर्जुन कुलुङ तृतीय भए। महिलातर्फ भने जुम्लाकै मञ्जु रावत द्वितीय र खोटाङकी प्रिया राई तृतीय भए ।

    प्रतियोगितामा स्थानीय स्तरमा खेलाडीलाई समेत प्रोत्साहन गर्ने उद्देश्यसहित स्थानीय विजेताका लागि पुरस्कारको व्यवस्था गरिएको थियो उक्त प्रतियोगितामा पुरुषतर्फ त्रृति राई प्रथम, रवीन्द्र तामाङ द्वितीय र देवराज तामाङ भए भने महिलातर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल द्वितीय र अनिता सुनुवार तृतीय भए ।

    ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल पर्यटन बोर्ड खिजीदेम्बा गाउँपालिका ओखलढुङ्गाले प्रायोजन गरेको थियो ।

    पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्दै आएको नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिए ।

    आगामी वर्षमा पनि खेल पर्यटनलाई अर्को विशेष प्राथमिकताका साथ आयोजना वा प्रायोजन गर्नमा कन्जुस्याइँ नगरिने समेत शेर्पाले बताए ।

    विजेता खेलाडीहरूलाई ७० हजार, ५५ हजार र ४५ हजार नगदसहित मेडल, प्रमाणपत्रले सम्मानित गरिएको खिजीदेम्बा गाउँपालिका अद्द्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - ११:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij