Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

मुलुकलाई साढे २० खर्ब ऋणको भार

मुलुकलाई साढे २० खर्ब ऋणको भार


  • 1.6K
    Shares

    मुलुकलाई साढे २० खर्ब ऋणको भार
    images

    मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको हो । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् ।

    असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रुपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रुपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।

    गत असार मसान्तसम्म ऋण २० खर्ब १३ अर्ब २ ९ करोड रुपैयाँ थियो । ब्याजदर वृद्धि, नेपाली मुद्राको अवमूल्यन भएका कारण ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए । पुनर्निर्माणका लागि सरकारले धेरै ऋण लियो,’ गिरीले भने, ‘केही वर्ष ऋण अझै बढ्ने देखिन्छ ।’ (नागरिक दैनिक) 

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - ११:२७:४४ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # ऋण

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij