Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सिरहामा तलब नपाएकाे भन्दै आन्दोलित सरसफाई कर्मचारी र प्रहरीबीच झडप

सिरहामा तलब नपाएकाे भन्दै आन्दोलित सरसफाई कर्मचारी र प्रहरीबीच झडप


  • 1.9K
    Shares

    सिरहामा तलब नपाएकाे भन्दै आन्दोलित सरसफाई कर्मचारी र प्रहरीबीच झडप
    images

    लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका सिरहा नगरपालिकाका सरसफाई कर्मचारी र प्रहरीबीच झडप भएको छ ।

    नगरपालिकाको बारुण यन्त्रले सडकमा पानी छर्किर्दै गर्दा आज बिहानैदेखि आन्दोलित सरसफाई कर्मचारीहरु रोकेका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गदा झडप भएको हो।

    प्रहरीले आन्दोलित सरसफाई कर्मचारीहरुमाथि लाठी चार्ज गरेका छन् । सरसफाई कर्मचारीहरु भने प्रहरीमाथि झाडु लिएर प्रतिकार गरेका थिए । झडपका क्रममा एक प्रहरीको टाउँकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    आन्दोलनमा उत्रेका सरसफाई कर्मचारी सुनिल मेस्तरले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको आरोप लगाए । उनले प्रहरीले दमन गरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

    चार महिनादेखि तलबभत्ता नदिएको र पटक पटक ताकेता गर्दा पनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रेको उनको भनाई छ ।

    सिरहा नगरपालिकामा करिब ५० सरसफाई कर्मचारी कार्यरत छन् । उनीहरुले समयमा तलबभत्ता नदिएपछि गुजारा गर्न पनि समस्या भएको गुनासो गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १६:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij