Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

ग्लोबल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने

ग्लोबल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने


  • 1.8K
    Shares

    ग्लोबल टुरिजमले होली तथा ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने
    images

    पर्यटन प्रवर्द्धन र पर्यटन प्रति यूवा पुस्ताको आकर्षणका लागि ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने भएको छ ।

    कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदानप्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताए । 

    विदेशी संस्कृतिलाई भित्र्याएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले हाम्रो संस्कृति विदेशीलाई चिनाउन र उताको संस्कृति सिक्ने मौका भएको बताए ।

    यस्ता कार्यक्रमले दुई देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ । काउन्सिलले यसका अलावा पर्यटन क्षेत्रका स्टेक होल्डरलाई समेटेर होटल तथा पर्यटन अवार्ड आयोजना गर्ने तयारी गरेको छ ।

    उनले पर्यटन बोर्डले आफ्ना केही बाध्यताले यस्ता कार्यक्रम आयोजना गर्न नसकेको अवस्थामा निजी स्तरबाट आयोजना हुने यस्ता कार्यक्रमले पर्यटकको बसाइ लम्बिने दाबी गरे । 

    काउन्सिलले नेपालमा मात्र नभएर विदेशमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने तयारी रहेको जानकारी अध्यक्ष सापकोटाले दिए ।

    काउन्सिलले फेस्टिबलका लागि आवश्यक पर्ने गोलभेँडा पनि सिधै किसानबाट खरिद गर्ने जनाएको छ । फेस्टिबलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कबड्डीको पनि आयोजना गर्न लागेको छ। 

    कार्यक्रम फागुन २२ गते होलीका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १५:०५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij