२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरोकारवालाहरुसँग बैंक तथा वित्तीय क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार भएको छलफलमा उद्यमी व्यवसायी, बैंकरसहित सरोकारवाला सहभागी छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले सर्वसाधारणलाई चर्को व्याज लिएको भन्दै विरोध भइरहेको छ ।
बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्नेबारेमा केन्द्रित रहने प्रधनमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij