Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन, कसले कति मत पाए?

नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन, कसले कति मत पाए?


  • 1.8K
    Shares

    नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन, कसले कति मत पाए?
    images

    नेपाल फर्मास्युटिकल्स एसोसिएशनको शनिबार भएको निर्वाचनबाट अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन्। कुल ९९२ मतमध्ये ५४० मत प्राप्त गर्दै पन्त अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी डा रोभसकुसुम सुवेदीले ३६४ र फुलगेन शाहले ६३ मत ल्याएका छन्।

    उपाध्यक्षमा अमृत गैरे र देवानन्द शाह विजयी भएका छन्। गैरेले ४१४ र शाहले ३९३ मत प्राप्त गरे। प्रदीप लम्सालले ३७९, बद्रि केसीले ३४० र लक्ष्मी नारायण शाहले १९६ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ।

    उपाध्यक्ष महिलामा भने रोनक श्रेष्ठ ४५८ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी संजिता विष्टले ४८४ मत ल्याएकी थिइन्।

    धिरज रौनियारलाई ७६ मतले पराजित गर्दै संजिव शर्मा कट्टेल महासचिवमा निर्वाचित भएका छन्। कट्टेलले ५१८ र रौनियारले ४४२ मत प्राप्त गरेका थिए।  सचिवमा केदार प्रसाद शाह र विवेक श्रेष्ठ क्रमश ४४२ र ४५० मतका साथ विजयी भएका छन्। विष्णु प्रसाद कंडेलले २५५, विष्णु रेग्मीले २३०, संजय चौधरीले २३६ र सानुकाजी श्रेष्ठले १७६ मत प्राप्त गरेका थिए। 

    यस्तै, कोषाध्यक्षमा ५४१ मतका साथ गोपिना राई विजयी भएकी छिन् भने राजन मानन्धर ४०६ मतका साथ पराजित भएका हुन्। सुशिल नेपाललाई हराउँदै निर्मलराज मरासैनी सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्। मरासैनीले ५२९ मत र नेपालले ४०८ मत ल्याएका थिए। प्रचार सचिवमा अनिस श्रेष्ठ ६०६ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी यज्ञ राज बडुले ३४२ मत ल्याएका थिए। 

    खुला सदस्यमा सृष्टी प्रजाति ३५५ र मनोज भट्टराई २५९ र महिला सदस्यमा सौभाग्य डंगोल ४९३ मतका साथ विजयी भएका छन्। अशोक भुषाले २४६, आनन्द ठाकुरले १३१, कपिल बोगटीले १३७, भाइकाजि बस्नेतले १८०, सुदर्शन बिडारीले १५५, संजिव प्रजापतिले २४८, सुशिल अधिकारीले १३९ र प्रेरणा मानन्धर (महिला सदस्य) ले ४३४ मत प्राप्त गरेका थिए।  कुल १८ सय मतदाता रहेको निर्वाचनमा मात्र ९९२ जनाले मतदान गरेका थिए। 

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १३:०४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij