२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजा अनुसार प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।
आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको स्याङजा र चितवन जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित गरेको छ ।
त्यसैगरी आयोगले तेह्रथुम जिल्लाको संसोधित नतिजा प्रकाशन गरेको छ ।
यहाँबाट हेर्नुहोस नतिजा :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij